Section 29
धार्मिक वनमा रहेको वन पैदावारको उपयोग
(१) धार्मिक वनमा रहेका वन पैदावार सम्बन्धित धार्मिक निकाय समूह वा समुदायले धार्मिक कार्यमा मात्र उपयोग गर्न सक्नेछ।

तर धार्मिक वनक्षेत्रमा विकास आयोजना निर्माण तथा सञ्चालनको क्रममा प्राप्त भएका वन पैदावार डिभिजन वन कार्यालय र स्थानीय तहको समन्वयमा बिक्री वितरण गर्न सकिनेछ।

(२) उपदफा (१) बमोजिम वन पैदावार उपयोग गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने गरी वा सार्वजनिक रुपमा हानि नोक्सानी हुने गरी वा जलाधार क्षेत्रमा भू-क्षय हुन सक्ने गरी रुख कटान गर्न पाइने छैन।